बाढीपहिरोमा परेका मृतकका परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

नेपालभ्युज

बाढीपहिरोमा परेका मृतकका परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका परिवारका सदस्यलाई पनि मृतककै रुपमा मानेर  २ लाख दिइने  उनले बताए ।

यस्‍तै मन्त्रिपरिषद् बैठकका अन्य  निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved