धनुषामा हिरासत फोडेर भागेकामध्ये ४ थुनुवा पक्राउ

नेपालभ्युज

धनुषामा हिरासत फोडेर भागेकामध्ये ४ थुनुवा पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीको हिरासत फोडेर आइतबार राति भागेकामध्ये चार थुनुवा पक्राउ परेका छन् ।

राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई सोमबार बिहान प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।

भागेका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्कीलाई प्रहरीले पुन: नियन्त्रणमा लिएको छ ।

अझै फरार रहेका ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिप्रका धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved