एन्फाले बुझाएन राखेपलाई कार्ययोजना

नेपालभ्युज

एन्फाले बुझाएन राखेपलाई कार्ययोजना

काठमाडौं । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा अनुमानित लागत, समयावधीसहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा)ले अझै पेश नगरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

रंगशालाको स्तरोन्नतीका लागि राखेपले माग गरेको कार्ययोजना एन्फाले नबुझाएको राखेपले जानकारी दिएको छ ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र एन्फाले परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्ने सहमती भएको थियो ।

छलफल भएको एक महिना बितिसक्दा पनि कार्य योजना पेश नगरेको भन्दै राखेपले फेरी ध्यानाकर्षण गराउन पत्राचार गरेको छ ।

सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुन: पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिए ।

सहमतीअनुसार एन्फाले पन्ध्र दिन भित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नुपर्ने थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved