बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना महामारीको अवस्थामा प्रदेशबासीको विपतमा जनताको रक्षा र कोरोना नियन्त्रणका लागि प्रदेश सरकार तयार रहेको बताएका छन्। सरकार जोखिमको सामना गर्न तयार रहेको बताउँदै उनले जीवनरक्षा गर्ने प्रतिवद्धता व्यक्त गरे।
प्रधानमन्त्री शेरबहादुर देउवालगायत संघीय सरोकारवाला निकायसँगको भर्चुअल छलफलमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले जनउत्तरदायी काम गरिरहेको दाबी गरे। उनले भारतबाट नेपाल प्रवेशका लागि लुम्बिनी प्रदेश मिनी नेपाल भएकाले जनताको जीवन रक्षाका लागि नाकामा आवश्यक तयारी गरिएको बताएका थिए।
कोरोना नियन्त्रणका लागि बेलहिया, कृष्णनगर र नेपालगञ्ज नाकामा होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनले बताएका थिए। चुनौती थपिँदै जानसक्ने भएकाले संघीय सरकारसँग सहयोगका लागि उनले प्रधामन्त्रीमार्फत अनुरोध समेत गरेका थिए।
Facebook Comment
Comment