मिलेर सरकार बनाएपनि कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् : गृहमन्त्री लेखक

नेपालभ्युज

मिलेर सरकार बनाएपनि कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन नगर्ने निर्णयको स्मरण गराएका छन् ।

बिहीबार कांग्रेस कैलालीले आयोजना गरेको कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले कांग्रेसएमाले मिलेर सरकार बनेपनि चुनावमा प्रतिस्पर्धी दल नै भएको बताए ।

उनले देशको विषम परिस्थितिमा एमाले र कांग्रेस मिलेर सरकार बनेपनि दुवै दल मुख्य प्रतिस्पर्धी भएको दाबी गरे ।

सरकार अस्थिर बन्ने, महिनामहिनामा मुख्यमन्त्री फेरिने परिस्थितीको अन्त्य गर्नुका साथै विभिन्न विषय सम्बोधनका लागि सरकार बनेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved