बैंकका कर्मचारीले साढे ९ अर्ब बोनस पाउँदै, कुन बैंकले कति दिन्छ ? 

नेपालभ्युज

बैंकका कर्मचारीले साढे ९ अर्ब बोनस पाउँदै, कुन बैंकले कति दिन्छ ? 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बर्सेनि बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस बापत छुट्याउने गरेका छन् । जसनुरुप बैंकहरुले आफ्ना कर्मचारीको लागि अर्बौँ बोनस छुट्याएका हुन्छन् ।

गत वर्ष २० वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि साढे ९ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका थिए । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले बोनस वितरणका लागि ९ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छुट्याएका थिए । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको बोनस दर २ दशमलव २१ प्रतिशतले बढेको छ ।

कुन बैंकको बोनस कति ? 

कर्मचारीलाई सबैभन्दा धेरै बोनस बाँड्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको नाफाबाट यस बैंकले कर्मचारीलाई १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बढ्नेछ । त्यस्तै, ग्लोबल आइएमई बैंकले नाफाबाट १ अर्ब ८ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस दिनेछ ।

तथापि, गत वर्षको तुलनामा यसको बोनस दर ९ दशमलव १७ प्रतिशतले घटेको हो ।

साथै, ग्लोबल आइएमई बैंकले ९५ करोड १९ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । १ वर्षको अवधिमा १३ बैंकको बोनस रकम घटेको छ भने ७ बैंकको बढेको छ । सबैभन्दा कम बोनस बाँड्नेमा सरकारी स्वामित्वको नेपाल बैंक देखिएको छ । यस बैंकले १५ करोड २१ लाख रुपैयाँ बोनस छुट्याएको छ ।

बैंकहरुले घोषणा गरेको बोनस उनीहरूको साधारण सभाले पारित गरेपछि अधिकांश बैंकहरुले वितरण गर्नेछन् । कुनै बैंकले आर्थिक वर्षको अन्त्यपछि दिन्छन् भने, केहीले चाडबाड लक्षित (दसैँ तिहार) गरी बोनस वितरण गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved