जय शाह बने आईसीसीको अध्यक्ष

नेपालभ्युज

जय शाह बने आईसीसीको अध्यक्ष

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षमा जय शाह निर्वाचित भएका छन् । ३५ वर्षीय शाह निर्विरोध निर्वाचित भएका हुन् ।

आईसीसी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति अगस्ट २७ सम्म थियो । उक्त पदका लागि शाहबाहेक कसैले उम्मेदवारी दिएका थिएनन् । शाह हाल आईसीसीको वित्त तथा वाणिज्य उपसमितिको सदस्य पनि छन् ।

उनले आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेको ठाउँमा जे डिसेम्बर १ मा अध्यक्षको पदभार ग्रहण गर्नेछन् । उनी हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव छन् ।

बीसीसीआईले अब सचिव पदमा नयाँ नियुक्ति गर्नुपर्नेछ । अरुण जेटलीका छोरा तथा दिल्ली क्रिकेट संघ (डीडीसीए)का अध्यक्ष रोहन जेटली बीसीसीआईको नयाँ सचिव बन्न सक्नेछन् ।

आईसीसीका वर्तमान अध्यक्ष न्युजिल्यान्डका बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । आईसीसीले अगस्ट २० मा बार्कले लगातार तेस्रो पटक अध्यक्ष बन्न नसक्ने बताएको थियो । उनी सन् २०२० देखि यो पदमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved