स्नुकर हाउस सञ्चालक हत्या प्रकरण- प्रहरीलाई घटनाबारे खबर गर्ने व्यक्ति नै पक्राउ

नेपालभ्युज

स्नुकर हाउस सञ्चालक हत्या प्रकरण- प्रहरीलाई घटनाबारे खबर गर्ने व्यक्ति नै पक्राउ

काठमाडौं । आइतबार मध्यरात भएको शंखमुलस्थित एक स्नुकर हाउसका सञ्चालकको हत्या प्रकरणमा प्रहरीलाई घटनाबारे खबर गर्ने व्यक्ति नै पक्राउ परेका छन् ।

टाइम पास स्नुकर हाउसका सञ्चालक ४० वर्षीय रूपक बान्तावाको ज्यान गएको घटनामा मध्यरात प्रहरीलाई खबर गर्ने युवा पक्राउ परेका हुन् ।

अनुसन्धानमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बानेश्वर वृत्तको टोली खटिएको छ । ‘घटना आकस्मिक होइन । योजनाबद्ध भएको देखिन्छ, विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

स्नुकर हाउसका सञ्चालक बान्तावा राति साढे १ बजे स्कुनरभित्र रहेको सोफामा सख्त घाइते अवस्थामा भेटिएका थिए । प्रहरीले तत्कालै उनलाई सिभिल अस्पतालमा पुर्याएपनि उनलाई केहीबेरमा मृत घोषणा गरिएको थियो ।

अनुसन्धान अधिकारीका अनुसार रुपकको शरीरका विभिन्न भागमा धारिलो चोट देखिएको छ । उक्त स्नुकर हाउसमा रूपक आमा र छोरासँग बस्दै आएका थिए । उनकी श्रीमती विदेशमा छिन् ।

मध्यरात कसले हत्या गरेर भाग्यो स्नुकर हाउसका सञ्चालकलाई ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved