शंखमूलमा पुल हाउस सञ्चालकको हत्या

नेपालभ्युज

काठमाडौं । काठमाडौंको शंखमूलस्थित स्नुकर एण्ड पुलहाउसमा एक पुरूषको हत्या भएको छ ।

आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’मा ४० वर्षीय रूपक बान्तवाको हत्या भएको हो । उनी सोही स्नुकर र खाजा घरका सञ्चालक हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बान्तवाको अनुहारभरी चोट रहेको छ ।

फलामे रडले प्रहार गरेको जस्तो देखिए पनि थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved