जनकपुरधाम । सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका १७ वर्षीय निशान्त थापा मगर छन् ।
शनिबार दिउँसो निशान्त साथीहरूसँग पौडी खेल्न गएका थिए ।
ईश्वरपुर नगरपालिका–५ फुलजोर खोलाको पूर्वी किनारमा रहेको स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको ठूलो खाल्डोमा उनी पौडी खेल्ने क्रममा डुबेका थिए । प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खाल्डोमा डुब्दा उनको शव खोज्न निकै कठिनाई भयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट आएको गोताखोर टोलीले निशान्तको शव फेला पारेको थियो ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Facebook Comment
Comment