बंगलादेशको उदाहरण दिँदै प्रचण्डले भने – दुई तिहाईलाई जनताले ठेगान लगाउँछन्

नेपालभ्युज

बंगलादेशको उदाहरण दिँदै प्रचण्डले भने – दुई तिहाईलाई जनताले ठेगान लगाउँछन्
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाई भएपछि केही गर्न नसक्ने दाबी गरेका  छन् ।

पार्टीको नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनभावनाविपरीत गयो भने दुई तिहाइले केही नहुने उनको भनाइ छ ।

‘दुई तिहाई भएपनि केही गर्न सक्नेवाला छैन । पाँचसात महिनाअघि मात्रै बंगलादेशमा शेख हसिनाको पार्टीले दुई तिहाई ल्याएको थियो । के गर्‍यो दुई तिहाईले ? जनभावनाविपरीत गयो भने त्यस्ता दुई तिहाई जनताले ठेगान लगाउँछन् ।’ उनले भने ।

साथै, उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षामा उभिसकेको दाबी गरे ।

र, माओवादीलाई कसैले फुटाउन नसक्ने प्रचण्डले बताए । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved