दाङको महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई विद्यार्थी पक्राउ

नेपालभ्युज

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई विद्यार्थी पक्राउ

काठमाडौं । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काउने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का अभियान थापा र सुभम कार्की छन् ।

उनीहरु सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

बिहीबार बिहान ९ बजेतिर चर्को आवाजमा बम पड्किएको थियो । मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए ।

भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी केसीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पड्काएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved