पूर्व डीआईजीपी खरेल विरुद्ध अख्तियारमा मुद्दा 

नेपालभ्युज

पूर्व डीआईजीपी खरेल विरुद्ध अख्तियारमा मुद्दा 

काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजीपी) रमेश खरेलविरुद्ध नक्कली सुराकी बनाएर पैसा खाएको आरोपमा अख्तियारमा मुद्दा दर्ता भएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खरेल विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

कानुनले वास्तविक सुराककर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहन स्वरूप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले निवेदनमा लगाएका छन् ।

अभियन्ता सफलले पूर्वडीआइजीपी खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौं रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको मुद्दामा उल्लेख गरेका छन् ।

उनले नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी भ्रष्टाचार ऐन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved