भदौमा पनि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति ? 

नेपालभ्युज

भदौमा पनि घट्यो वाणिज्य बैंकको ब्याजदर, कुन बैंकको कति ? 

काठमाडौं । वाणिज्य बैंकहरुले भदौमा पनि ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटेको हो ।

औसतमा व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर ६ दशमलव ५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६ दशमलव ७४ प्रतिशत छ । औसतको ब्याजदर भदौका लागि ० दशमलव २१ विन्दुले घटेको हो ।

१३ बैंकको ब्याजदर घटेको छ भने ६ बैंकहरुले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् भने १ बैंकले ब्याजदर बढाएको छ । प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो । यता, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।

भदौ महिनामा एनएमबि बैंक र एनआईसी एसिया बैंकले सबैभन्दा बढी ब्याज दिने छन्। व्यक्तिगत मुद्दती निक्षेपमा ती कम्पनीहरूले अधिकतममा ७ दशमलव ४१ प्रतिशत ब्याज दिने छन् । सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ । यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५ दशमलव २५ प्रतिशत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved