विमानस्थलबाट दुई जना पक्राउ

नेपालभ्युज

विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलोँ धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीया नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए।

उनले भने, “एयर अरेबियाको उडानमार्फत बहराईनबाट दुबई हुँदै काठमाडौँ आएकी जानुकाबाट नारायणले अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।”

बिहीबार बिहान करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गलमा पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved