गट्ठाघर दुर्घटनाका मृतक पुरुष हुन् : प्रहरी

नेपालभ्युज

गट्ठाघर दुर्घटनाका मृतक पुरुष हुन् : प्रहरी

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष रहेको खुलेको छ ।

मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको  जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार  स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने अनुमान छ, तर सनाखत गर्ने प्रयास भइरहेको उनले बताए ।

ना.६ ख २१७३ नम्बरको  ट्रकले बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved