काठमाडौं । भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर, सनाखत हुने भैसकेको छैन ।
ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो ।
अहिले दुर्घटना स्थलमा ठूलो भिड जम्मा भएको छ । भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन फर्काइएको छ भने भीडले प्रहरीको विरोध गरिरहेको छ ।
सो क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ ।
यो पनि पढ्नुहोस :
सिन्धुलीको गोलञ्जोरमा जीप दुर्घटना: ३ जनाको ज्यान गयो, ११ जना घाइते
Facebook Comment
Comment