ग्लोबल टी–२० : रोहित सम्मिलित टोरन्टो नेसनल फाइनलमा

नेपालभ्युज

ग्लोबल टी–२० : रोहित सम्मिलित टोरन्टो नेसनल फाइनलमा
तस्वीर स्रोतः ग्लोबल/टी–२० फेसबुक

काठमाडौं। नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल टी–२० क्यानाडाको फाइनलमा स्थान पक्का गरेको छ।

टोरन्टोले ब्राम्पटन उल्भ्सलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। यद्यपि, यो खेलमा रोहित भने प्लेइङ-११ मा पर्न सकेनन्।

ब्राम्पटनले दिएको १४१ रनको लक्ष्य पछ्याएको टोरन्टोले १० बल बाँकी रहँदै ५ विकेटको क्षतिमा पुरा गरेको थियो।

आज आइतबार हुने फाइनलमा टोरन्टो र मन्ट्रियल टाइगर्सबीच भिडन्त हुनेछ। टोरन्टो र टाइगर्स नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved