इपीएस: दोस्रो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक, झण्डै ९ हजार उत्तीर्ण

नेपालभ्युज

इपीएस: दोस्रो चरणको भाषा परीक्षाको नतिजा सार्वजनिक, झण्डै ९ हजार उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा ८ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

६६ हजार ३२६ जना सहभागी भएकोमा ८ हजार ९६५ जना उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानेहरुको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।

दोस्रो चरणको भाषा परीक्षा उत्तीर्ण गरेका ८ हजार ९ सय ६५ जनाको सिप परीक्षा हुन बाँकी रहेको छ ।

भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने शाखाले जनाएको छ ।

हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट ५ हजार ७ सय ५३ परीक्षार्थी उत्तीर्ण भइसकेका छन् । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved