एमालेको कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी

एमालेको कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी

काठमाडौं। नेकपा एमाले कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गरेका हुन्। शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाएका थिए।

उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन्। सहसचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको नेकपा एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved