बंगलादेशकी प्रधानमन्त्री हसिना देश छाडेर भागिन्

नेपालभ्युज

बंगलादेशकी प्रधानमन्त्री हसिना देश छाडेर भागिन्

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आन्दोलनकारीहरूले प्रदर्शन चर्काएसँगै प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन् ।

सुरक्षित स्थानको खोजीमा प्रधानमन्त्री हसिनाले आफ्नो बहिनीसँगै बंगलादेश छाडेको बीबीसी बंगलाले पुष्टि गरेको छ । हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

आइतबार भएको पुलिस र सरकारविरोधी प्रदर्शनकारीबीच  झडपका कारण करिब ९० मानिसले आफ्नो ज्यान गुमाउँदा सयभन्दा बढी मानिस घाइते भएका थिए । आज पनि धेरै जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन कसरी प्रधानमन्त्रीको राजीनामातर्फ मोडियो ?

प्रधानमन्त्री हसिनालाई पदमुक्त गर्ने मागसहित विद्यार्थी नेताहरूले नागरिक अवज्ञा अभियान चलाइरहेका छन् । आन्दोलनकारी अहिले प्रधानमन्त्रीको कार्यालयमा छिरेका छन् । हसिना सुरुमा प्रधानमन्त्रीको कार्यालयबाट सुरक्षित स्थानमा सरेकी थिइन् ।

तर, पछि देश नै छाडेको बीबीसीले जनाएको छ । उनी हेलिकोप्टरमा चढेर भारततर्फ आउँदै गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

अपडेट:

देश छाडे लगत्तै हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved