देश छाडे लगत्तै हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा

नेपालभ्युज

देश छाडे लगत्तै हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेलगत्तै राजीनामा दिएकी छन् । उनले आफ्नी बहिनी शेख रिहानासँगै देश छाडेको बङ्गला ट्रिब्युनले जनाएको छ ।

बङ्गलादेशका आर्मी प्रमुख जनरल वाकर उज-जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोधन गर्दैछन् ।

हसिनालाई प्रधानमन्त्रीबाट पदमुक्त गर्ने मागसहित विद्यार्थी नेताहरूले नागरिक अवज्ञा अभियान चलाइरहेका थिए ।

आन्दोलनकारी अहिले प्रधानमन्त्रीको कार्यालयमा छिरेका छन् । हसिना सुरुमा प्रधानमन्त्रीको कार्यालयबाट सुरक्षित स्थानमा सरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved