सिनामंगलमा गेस्ट हाउसमा युवायुवती मृत फेला, युवतीको घाँटी काँटिदा युवाको घाँटीमा पासो !

नेपालभ्युज

सिनामंगलमा गेस्ट हाउसमा युवायुवती मृत फेला, युवतीको घाँटी काँटिदा युवाको घाँटीमा पासो !
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसको कोठाभित्र महिला र पुरुष मृत फेला परेका छन् ।

झर्ना गेस्ट हाउसमा बाजुराको त्रिवेणी–४ का २३ वर्षीय भरत बहादुर सार्की र अन्दाजी २० वर्षीया करिश्मा सार्की मृत भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बताए ।

करिश्मा घाँटी काटिएको अवस्थामा फेला परेकी हुन् । भरत सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु साउन १५ देखि उक्त गेस्ट हाउसमा बस्दै आएका थिए ।

शुक्रबार दिउँसोसम्म खाना खान नउठेपछि बन्द कोठा खोल्न प्रहरी पुगेको थियो । प्रहरीका अनुसार भरत र करिश्मा हाडनाता सम्बन्धका हुन् ।

भरत भारतमा काम गर्दै आएका थिए भने करिश्मा गाउँमा बसेर पढ्दै आएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved