युवती मार्ने नरभक्षी बाघ नियन्त्रणमा लिइयो

नेपालभ्युज

युवती मार्ने नरभक्षी बाघ नियन्त्रणमा लिइयो

धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बिहीबार एक युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले शुक्रबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो ।

बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहलाई बिहीबार मारेर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो ।

बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । बिहीबार उखुबारीमा बाघ हिँडेको हिड्यै गरेपछि प्राविधिक टोली त्यसलाई बेहोस बनाउन असफल भएको भएको थियो ।

हिजो दिनभरि प्रयास गर्दा पनि असफल भएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको थियो । घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिनको लागि लाइट बालिएको थियो ।

त्यसैगरी रातिभरि १० वटा ट्याक्टर चलाएर रेकी गरिएको थियो । लाइट र ट्याक्टरको व्यवस्था नगरपालिकाको कार्यालयले गरेको थियो ।

यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ । बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved