व्यवसायी बानियाँमाथि खुँडा प्रहार घटना : तीन जना पुर्पक्षका लागि जेल चलान

नेपालभ्युज

व्यवसायी बानियाँमाथि खुँडा प्रहार घटना : तीन जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं । रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत ललितपुरले राजेश केसी, विभाग गुरूङ र दिपक वान्तवा राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरूसँगै पक्राउ परेका सुरेन्द्र महर्जन र आलिंकन लामिछानेलाई भने अदालतले तीन/तीन लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

पक्राउ परेकामध्ये आयुमान अधिकारीलाई भने जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मुद्दा चलाउनु नपर्ने भन्दै छाडेको थियो ।

गत असार ७ गते चुनिखेलमा निर्माणाधिन मनोज बानियाँको रिसोर्टमै उनीमाथि ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । उनको बायाँ हात, दायाँ खुट्टा र तिघ्रामा समेत गहिरो घाउ लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved