श्रीलंकामा बारुलाको आक्रमणपछि ४२ विद्यार्थी अस्पताल भर्ना

नेपालभ्युज

श्रीलंकामा बारुलाको आक्रमणपछि ४२ विद्यार्थी अस्पताल भर्ना

एजेन्सी ।  श्रीलंकाको पूर्वी प्रान्तको किनिया प्रहरी डिभिजनको एक विद्यालयका कम्तीमा ४२ विद्यार्थीलाई मंगलबार बारुलाले आक्रमण गरेपछि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

विद्यालय भवनको छतमा रहेको बारुलाको गुँडमा भएको गडबडीपछि उक्त घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

विद्यार्थीहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनीहरूको उमेर १० देखि १५ वर्षको बीचमा रहेको बताइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रीलङ्कामा बारुलाको आक्रमणहरू सामान्य हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved