न्याय सेवा आयोग : २ सचिवको सरुवा, २ जना बढुवा

नेपालभ्युज

न्याय सेवा आयोग : २ सचिवको सरुवा, २ जना बढुवा

काठमाडौं । न्याय सेवा आयोगले दुई सचिवको सरुवा र दुई जनाको बढुवाको सिफारिस गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालय र  कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लिला गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको पदमा गौतमलाई ल्याइएको हो  ।

यस्तै  बैठकले रक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहेका आलोकचन्द्र श्रेष्ठलाई बढुवा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल कानुन आयोगमा सहसचिवको रूपमा रहेका  पाराश्वर ढुङ्गानालाई  आयोगमै सचिवको रूपमा बढुवा गर्दै पदस्थापन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved