काठमाडौंमा जुवाखालबाट एक महिलासहित ९ जना पक्राउ, दश लाख बरामद

नेपालभ्युज

काठमाडौंमा जुवाखालबाट एक महिलासहित ९ जना पक्राउ, दश लाख बरामद

काठमाडौं । चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा जुवा खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौंका २१ वर्षीय कविर देउला, २१ वर्षीय निलेश महर्जन, ४५ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया सरिता देउला छन् ।

यस्तै, काठमाडौंकै ४८ वर्षीय दीपक महर्जन, ४८ वर्षीय विवेक महर्जन र ५२ वर्षीय प्रकाश शाही पनि पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved