कल्लीमा पल र बेनिशाको जोडी, फिल्म खिच्न सुरु नहुँदै रिलिज मिति घोषणा

नेपालभ्युज

कल्लीमा पल र बेनिशाको जोडी, फिल्म खिच्न सुरु नहुँदै रिलिज मिति घोषणा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालको ‘कल्ली’ निर्माणको घोषणा भएको छ । रेडबर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको हो ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको हो । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् ।

यसैले, उनको निर्देशनमा बन्ने यो फिल्म पनि केही फरक र विशेष हुने अपेक्षा गर्न सकिन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ ।

पल र बेनिशा पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved