गोरखा पहिरो अपडेट : ४ जना मृत भेटिए

नेपालभ्युज

गोरखा पहिरो अपडेट : ४ जना मृत भेटिए

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतबार गएको पहिरोमा परेर बेपत्ता भएका ५ जनामध्ये ४ जना मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ३७ वर्षीय जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र धार्चे-५ सिंग्लाका ३३ वर्षीय रमेश गुरुङ मृत भेटिएका हुन् ।

आइतबार बिहान तीन बजेतिर जीतबहादुरको कृषि फर्म र एउटा घर पहिरोले बगाएको थियो । पहिरोमा पुरिएर बेपत्ता भएका ट्याक्टर चालक रमेश परियार अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved