बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ

नेपालभ्युज

बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ

काठमाडौं । बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा रहेको एटीएम मेसिन फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भएका १८ वर्षिय राधेश्याम बैठा पक्राउ परेका हुन् ।

आइतबार माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा प्रहरीले उनलाई समातेको हो । प्रहरीले बैठाको साथबाट फलामको रड पनि बरामद गरेको छ ।

प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved