अमेरिकी संसद्‌मा नेतान्याहुले सम्बोधन गरिरहँदा बाहिर चर्को विरोध प्रदर्शन

नेपालभ्युज

अमेरिकी संसद्‌मा नेतान्याहुले सम्बोधन गरिरहँदा बाहिर चर्को विरोध प्रदर्शन

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदमा उभिएर गाजामा कारबाही नरोकिने बताएका छन् ।

अमेरिकी संसदको संयुक्त बैठकमा सम्वोधन गर्दै नेतान्याहुले हमासमाथिको कारबाही नरोकिने प्रष्ट पारेका हुन् । नेतान्याहुको अमेरिकी कांग्रेसमा यो चौथो पटकको सम्बोधन हो ।

व्यापक विरोध र बहिस्कारकाबीच अमेरिकी कंग्रेसको संयुक्त सभामा बोल्न पुगेका नेतन्याहूले हमासलाई सफाया नगरेसम्म कारबाही नरोकिने बताएका हुन् ।

नेतन्याहूले यसो भनिरहदा सत्तारुढ डेमोक्र्याटिक पार्टीकै धेरै सांसदले उठेर विरोध जनाएका थिए । कतिपय सांसदले भने बैठक नै बहिस्कार गरेको बीबीसीले जनाएको छ ।

सांसदहरुले आफूहरु हिंसा र नरसंहारको विरोधी भएको भन्दै नेतान्याहुको विरोध गरेका थिए ।

सांसदहरुले नेतान्याहुलाई युद्ध अपराधीको संज्ञा दिएका थिए । कांग्रेस भवनभित्र विरोध गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेतन्याहूले भने इजरायली कारबाहीको विरोध गर्नेहरूले इरानको समर्थन गरेको प्रतिक्रिया दिए ।

उनले इरान अमेरिकाको समेत दुश्मन रहेको भन्दै आफूहरूको लडाइँ अमेरिकाको पनि रहेको जिकिर गरे ।

हमासमाथिको जितलाई अमेरिकाले पनि आफ्नो जित ठान्नु पर्ने नेतान्याहुको भनाई थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved