बागमतीका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, आजै १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, आजै १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् ।

नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन् ।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मंगलबार ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved