दुई दलबीच मन्त्रालय भागबण्डा टुंगियो, बागमतीले आज मुख्यमन्त्री पाउने

नेपालभ्युज

दुई दलबीच मन्त्रालय भागबण्डा टुंगियो, बागमतीले आज मुख्यमन्त्री पाउने

काठमाडौं । बागमती प्रदेशले मंगलबार नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा मंगलबार आज मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुखले पनि आजै नियुक्त गर्ने तयारी छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएसँगै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

दुई दलबीच मन्त्रालय भागबण्डामामा सहमति जुटेपछि लामाले आज दाबी पेश गर्ने भएका हुन् । बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने कांग्रेस सांसद रामकृष्ण चित्रकारले बताए ।

शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन आजसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने भएको छ ।

दुवै दलले आज मन्त्रीहरुको नाम टुंगो लगाएर भोलि बुधबार मुख्यमन्त्रीसहित १३ मन्त्रीहरुको एकै पटक सपथ गराउने गरि गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।

मन्त्रीका आकांक्षी धेरै भएकाले दुवै दललाई मन्त्री चयनमा भने सकस भइरहेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved