सिमलताल पहिरो : थप एक जना मृत भेटिए, ५८ यात्रु अझै बेपत्ता

नेपालभ्युज

सिमलताल पहिरो : थप एक जना मृत भेटिए, ५८ यात्रु अझै बेपत्ता

काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका यात्रुमध्ये थप एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षिय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बस त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहर मध्ये कुनै एक जनाको मृत अवस्थामा भेटिएको आशंका गरिएको छ ।

मृत शरिरलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । शनिबार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जना मृत अवस्थामा भेटिएका थिए । भेटिएका तीन  जनाको सनाखत भइसकेको छ ।

उनीहरुमध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।

घटनामा काउन्टर बाहेक बीच बाटोबाट समेत चढेका गरि ६५ यात्रु परेको देखिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तीमध्ये  ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved