पाँच सय बढी म्यान पावर कम्पनीको कारोबार रोक्का, बुझेर मात्रै व्यवहार गर्न सुझाव

नेपालभ्युज

पाँच सय बढी म्यान पावर कम्पनीको कारोबार रोक्का, बुझेर मात्रै व्यवहार गर्न सुझाव

काठमाडौं । वैदेशिक रोजगार विभागले ५ सय भन्दा बढी म्यान पावर कम्पनीको कारोबार रोक्का गरिदिएको छ ।

नियम विपरित चलेका ५ सय ८३ वैदेशिक रोजगार व्यवसायी कम्पनीको कारोबार रोक्का गरिएको हो ।

विभागले सूचना प्रकाशित गर्दै कारोबार रोक्का गरिएका म्यान पावर कम्पनीसँग कुनै पनि व्यवहार नगर्न अनुरोध गरेको छ । ति कम्पनीको रोक्का फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् ।

विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले कारोबार रोक्का गरिएका ती म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालनमा रहेको जानकारी दिए ।

कारोबार रोक्का गरिएका म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि विभागले सूचना जारी गरेको हो ।

सूची हेर्नुहोस्

https://dofe.gov.np/DetailPage.aspx/id/2569/lan/ne-NP


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved