मध्यपहाडी लोकमार्ग अवरुद्ध, पहिरो पन्छाउन समस्या

नेपालभ्युज

मध्यपहाडी लोकमार्ग अवरुद्ध, पहिरो पन्छाउन समस्या
फाइल फोटो

काठमाडौं । निरन्तर पहिरो खसेपछि पूर्वपश्चिम पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved