काठमाडौं । अफ्रिकी मुलुक जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ ।
जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलन गर्दै गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
मासेबोले भने, “देशका १० मध्ये छ प्रान्तमा कोरोन सङ्क्रित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।”
उनका अनुसार यस वर्ष जनवरीदेखि जुनसम्म मुलुकभर चार हजार सात सय ७० कोरोना सङ्क्रमित भेटिएका छन् ।
जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास र इन्फ्लुएन्जा जस्ता रोगमा वृद्धि भएको उल्लेख गरेको छ । मन्त्रालयले भाइरस र अन्य रोगहरु पत्ता लगाउन सक्रिय रहेको जनाएको छ । सिन्ह्वा
Facebook Comment
Comment