नारायणी नदी किनारमा दुई पुरूष र एक महिला मृत अवस्थामा भेटिए

नेपालभ्युज

काठमाडौं । नारायणी नदीको किनारमा दुई पुरूष र एक महिला मृत अवस्थामा भेटिएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका-१ मजुवा सामुदायिक वनस्थित नारायणी किनारमा तीन जना मृत अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४० वर्षीय पुरूष र अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा भेटिएका हुन् ।

माछा मार्न गएका माझीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक तीनै जनाको सनाखत हुन सकेको छैन ।

उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved