पश्चगामी सोचले संविधान संशोधनमा गिद्धेनजर लगाए सशक्त प्रतिवाद गर्छौं : सांसद सापकोटा

नेपालभ्युज

पश्चगामी सोचले संविधान संशोधनमा गिद्धेनजर लगाए सशक्त प्रतिवाद गर्छौं : सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादी केन्द्रले सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले धर्म निरपेक्षता र समावेशि समानुपातिक प्रतिनिधित्व प्रणाली वर्तमान संविधानको सुन्दरता भएको बताएका हुन् ।

संविधानको यो सुन्दरता विपरित गएर संविधान संशोधन हुन नसक्ने उनको भनाइ छ ।

सापकोटाले पश्चगामी सोचाईका साथ संविधान संशोधनमा गिद्धेनजर लगाइए माओवादी केन्द्रले संसद् र सडकबाट सशक्त प्रतिवाद गर्ने बताए ।

साथै, कांग्रेस–एमालेले संविधानको सुन्दरतामाथि प्रहार गरेमा सम्बन्धित जाति, समुदाय, क्षेत्र, लिङ्ग र वर्गले प्रतिवाद गर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved