काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले सोमबार राजीनामा दिने भएका छन् ।
संघमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।
नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा एमालेका तर्फबाट ५ जना मन्त्री सहभागी छन् ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पाँचै जना एमालेका मन्त्रीले मुख्यमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने बताए ।
राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने एमालेले बताएको छ ।
एमाले मन्त्रीहरूले राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।
Facebook Comment
Comment