तनहुँको काउरेमा पहिरोमा परी ३ जना बेपत्ता

नेपालभ्युज

तनहुँको काउरेमा पहिरोमा परी ३ जना बेपत्ता

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका-१३ काउरेमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर  काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् ।

काउरेमा शनिबार बिहानै सोना नेपालीको घरको पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै पुगेका छिमेकीद्वय अनिशा र श्याम बेपत्ता भएको इलाका प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोनाको घरमा पहीरो पन्छाउँदै गर्दा सँगै रहेको हिरा नेपालीको घरमा  फेरि पहिरो खस्यो । सोही  पहिरोमा हिरासहित अनिशा र श्याम पनि बेपत्ता भएको बताइएको छ ।

सोना नेपाली र हिरा नेपाली दिदीबहिनी भएको बताइएको छ ।   सोही घटनामा विष्णुबहादुर नेपाली, विशाल तिमल्सिना, रबि घिमिरे र रुपकुमार नेपाली  घाइते  भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved