युरोपेली संसद्का अध्यक्ष सासोलीको निधन

सासोली युरोपेली संसद्को अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए।

नेपालभ्युज

युरोपेली संसद्का अध्यक्ष सासोलीको निधन

एजेन्सी। युरोपेली संसद्का अध्यक्ष डेभिड सासोलीको निधन भएको छ। उनको ६५ वर्षको उमेरमा इटालीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्।

सासोलीका प्रवक्ताले स्थानीय समयानुसार बिहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका अधिकारीहरुले जनाएका छन्।

इटालीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला सासोलीको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा पनि लेखेका छन्।

इटालीका राम्रा राजनीतिज्ञका रुपमा परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत थिए।

सासोली युरोपेली संसद्को अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved