काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशलकुमार यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश फनेशवरी घिमिरेको इजलासले सो आदेश दिएको हो ।
यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट प्रहरीले पक्राउ गरेको थियो ।
हाल लोसपाका नेता रहेका उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सांसद बनेका थिए । सजाय सुनाइए पनि उनी लामो समयदेखि फरार सूचीमा थिए ।
२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेर हारेका थिए ।
यो प्रकरणमा अभियुक्त रहेका एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ पाएका थिए ।
मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । उक्त मुद्दामा २८ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
Facebook Comment
Comment