सुन चोर्ने र किन्ने ६ जना पक्राउ

नेपालभ्युज

सुन चोर्ने र किन्ने ६ जना पक्राउ

काठमाडौं । सुन चोरी र चोरीको सुन खरिद गरेको आरोपमा झापामा ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले बुधबार सुन चोरी गर्ने, चोरीको सुन बेच्न सहयोग गर्ने र चोरिएको सुन सस्तो दरमा खरिद गर्ने ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सुन चोरेको आरोपमा पक्राउ पर्नेमा कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा र बेच्न सहयोग गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा छन् ।

उक्त सुन खरिद गर्ने पाथीभरा बराइली ज्वेलर्सका सञ्चालकद्धय ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली तथा प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक ४० वर्षीय सुरेशकुमार दास र ५१ वर्षीय सुनिल राजवंशी पनि पक्राउ परेका छन् ।

सुस्मनले अर्जुनधारा नगरपालिका–११ घर भएका दुर्गा देवी श्रेष्ठ र उमा श्रेष्ठको घरमा जेठ १८ गते सुन चोरेका थिए ।

पक्राउ परेकाविरूद्ध चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved