सुयोग सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ

नेपालभ्युज

सुयोग सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं ।  सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

ललितपुरको मानभवनस्थित उक्त संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथी सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अध्यक्ष महर्जन बैंकिङ कसुर मुद्दामा समेत फरार  प्रतिवादी हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved