फणीन्द्र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

फणीन्द्र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका पदमुक्त गरिएका सांसद फणीन्द्र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा धेरै कानून व्यवसायी बहसका लागि बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको हो ।

देवकोटाले गत असार ६ गते आफूमाथिको कारबाही बदर गर्न माग गर्दै मुद्दा दायर गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट गोरखाबाट निर्वाचित देवकोटा नेपाल समाजवादी पार्टी (नेसपा) नेता हुन् । उनले पछिल्लोपटक नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री निर्वाचित सुरेन्द्रराज पाण्डेलाई समर्थन गरेका छन् ।

पाण्डेलाई समर्थन जनाएपछि माओवादी संसदीय दलले उनलाई कारबाही गरेको हो । त्यसको जानकारी सदनबाट समेत गराइसकिएको छ । त्यसका विरुद्ध उनी अदालत पुगेका हुन् । त्यसो त त्यसअघि उनी माओवादी संसदीय दलकै सदस्यका रूपमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved