सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

नेपालभ्युज

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, तबसम्म नेपालले विकास गर्न नसक्ने बताए ।

उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए ।

‘अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन । अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ । रुसमा पनि त्यो लागू भएको छ । चीनमा १९५३ मा सबै जमिन राष्ट्रियकरण भयो । भूमि नै मानिसलाई आवश्यक पर्ने वस्तु उत्पादन गर्ने आधार हो । मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौँ, देश समृद्ध हुन सक्दैन’, गौतमले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved