फणीन्द्र देवकोटाको मुद्दा राउतको इजलासमा

नेपालभ्युज

फणीन्द्र देवकोटाको मुद्दा राउतको इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटको पेसी न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।

देवकोटाले रिटमा आफूलाई पदमुक्त गरेको प्रदेश सभाको जेठ ३२ गतेको सूचना कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका छन् ।

उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् ।

उनले रिटको अन्तिम टुङ्गो नलाग्दासम्म प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् रूपमा कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन् ।

गोरखाबाट माओवादी केन्द्रको चुनाव चिह्न हँसियाहथौडाबाट निर्वाचित देवकोटाले पछिल्लोपटक नेपाली कांग्रेसका तर्फबाट नियुक्त सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि उनलाई माओवादी केन्द्रको संसदीय दलले कारबाही गरेको थियो ।

त्यसो त त्यसअघि उनी माओवादी केन्द्रकै संसदीय दलका सदस्यका रूपमा थिए । तर, कारबाही गरेपछि उनी त्यसका विरुद्ध उनी अदालत पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved