दिल्लीका मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपालभ्युज

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई धरौटीमा रिहा गर्न एक अदालतले आदेश दिएको छ ।

नयाँ दिल्लीको अदालतका न्यायाधीश न्याय बिन्दुको इजलासले बिहीबार मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय संचार माध्यमले बताएका छन् ।

मदिरा घोटाला प्रकरणमा केजरीवाललाई थुनामा राखिएको थियो । यसअघि उनी लोकसभा निर्वाचनको प्रचारका लागि अन्तरिम जमानतमा रिहा भएका  थिए।

उनलाई गत मार्च २१ मा मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै भारतको प्रवर्तन निर्देशनालय (इडी)ले  पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved